मनहरीमा स्कुटर दुर्घटना, ३ जनाको मृत्यु

हेटौंडा टुडे
२०७९ पुष २९, शुक्रबार ०९:०२ गते

हेटौंडा। मनहरी गाँउपालिका – ९ ज्यामिरे भलादमी चोकमा स्कुटर दुर्घटना हुँदा चालक सहित स्थानीय ३ जनाको ज्यान गएको छ।

पुर्वपश्चिम सडकखण्ड अन्तर्गत सोही स्थानमा बिहीबार राति ना  ३९ प  १४३९ नम्बरको स्कुटर दुर्घटना हुँदा ३ जनाको ज्यान गएको हो । स्कुटर दुर्घटना गम्भीर घाइते तिनै जनालाई उद्धार गरी उपचारका लागि भरतपुर पठाएको थियो।

दुर्घटनामा मनहरी-  ८ सिमपानी बस्ने अन्दाजी ३०र३२ बर्षीय धर्मराज मोक्तान,स्कुटरमा सवार सोही स्थान बस्ने अन्दाजी ३० र ३२ बर्षीय मिलन मोक्तान र राक्सिराङ – ३ लावती बस्ने अन्दाजी ३० र ३२ बर्षीय रुपेश तामाङको ज्यान गएको मकवानपुर प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक टेक बहादुर कार्कीले बताएका छन् । मृतक तिनै जनाको उपचारको क्रममा भरतपुर स्थित पुरानो मेडिकल कलेजमा मृत्यु भएको जनाइएको छ।

दुर्घटना के कारण भउको हो भन्ने अनुसन्धान भइरहेको र मृतकको शव मेडिकल कलेजमै रहेको मकवानपुर प्रहरीले जनाउको छ । दुर्घटना लगत्तै ठक्कर दिने सवारीको खोजी गर्नुपर्ने भन्दै स्थानीयले करिब २ घण्टा राजमार्ग अवरुद्ध गरेका थिए।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*