क्रिकेटर लामिछाने आज धरौटीमा रिहा हूने

हेटौंडा टुडे
२०७९ पुष २९, शुक्रबार ०९:१८ गते

हेटौडा। बलात्कार अभियोगमा पुर्पक्ष थुनामा रहेका नेपाली क्रिकेटर सन्दीप लामिछाने आज शुक्रबार छुट्ने भएका छन्। उनी आज धरौटीमा छुट्ने भएका हुन् ।
बिहीबार अबेर उच्च अदालत पाटनले २० लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएकाले उनी धरौटीमा छुट्ने भएका छन् । आदेश आउँदा सरकारी कार्यालयहरू बन्द भइसकेको हुँदा आज धरौटी बुझाउने र कागजी प्रक्रिया पुरा गरेर उनी रिहा हुनेछन् ।

काठमाडौं जिल्ला अदालतले सन्दीपलाई पुर्पक्ष थुनामा राख्न आदेश दिएकोमा आदेशविरुद्ध उनले उच्च अदालत पाटनमा पुनरावेदन गरेका थिए ।
निवेदनको सुनुवाई गर्दै उच्च अदालत पाटनका न्यायाधीश धुव्रराज नन्द र रमेश ढकालको इजलासले उनलाई २० लाख धरौटीमा छाड्न आदेश दिएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*