स्कुल बसको ठक्करबाट पैदल यात्री एक वृद्धाको मृत्यु

हेटौंडा टुडे
२०७९ पुष २९, शुक्रबार १०:२४ गते

हेटौडा । स्कुल बसको ठक्करबाट झापाको गौरादहमा पैदल यात्री एक वृद्धा मृत्यु भएको छ। मृत्यु हुनेमा गौरादह नगरपालिका १ की ७२ वर्षीया तुलसा दाहाल रहेकी जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी वसन्त पाठकले जानकारी दिए। प्रहरीका अनुसार बिहीबार दिउँसो ३ बजे गौरादह १ स्थित नगर अस्पताल मोड नजिकैको सडकमा माउन्ट एभरेस्ट बोर्डिङ स्कुलको मे १ ख २६७६ नम्बरको बसले दाहाललाई ठक्कर दिएको थियो।
उनको बीएण्डसीमा उपचारको क्रममा राती ११ बजे मृत्यु भएको थियो। प्रहरीले बस र गौरादह २ बस्ने ३७ वर्षीय अमरलाल ताजपुरियालाई नियन्त्रणमा लिएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*