हेटौंडा । वाग्मती प्रदेशका नवनिर्वाचित सभामुख भुवन पाठकले पद तथा गोपनीयताको शपथ लिएका छन् ।
प्रदेशसभाको बैठकमा शुक्रबार मत विभाजन गर्दा बहुमत प्राप्त गरी निर्वाचित भएलगत्तै सभामुख पाठकले प्रदेश प्रमुखसमक्ष पद तथा गोपनीयताको शपथ लिएका हुन् ।
वाग्मती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्माले उनलाई पद तथा गोपनीयताको शपथ गराएका हुन् ।
पाठक राप्रपाका महामन्त्री तथा वाग्मती प्रदेशसभाका समानुपातिकतर्फका सांसद हुन् । उनलाई प्रदेशसभामा उपस्थित एक सय नौ सांसदमध्ये ६२ जनाले मत दिएपछि सभामुख पदमा निर्वाचित भएका हुन् । सत्तारुढ गठबन्धन दल नेकपा एमाले, माओवादी केन्द्र, राप्रपा र हाम्रो नेपाली पार्टीले उनलाई समर्थन गरेका थिए ।
सेयर गर्नुहोस्






















