आजको मौसम

हेटौंडा टुडे
२०७९ माघ ३, मंगलवार १०:४१ गते

हेटौडा । आज आंशिक देखि सामान्य बदली रही बाँकी भू(भागमा मौसम सामान्यतया सफा रहेको छ। देशको तराइका भू-भागका केही स्थानमा हुस्सुरकुहिरो लागेको छ।

दिउँसो सुदूरपश्चिम, कर्णाली, गण्डकी प्रदेश र प्रदेश १ का पहाडी भू-भागमा आंशिक देखी सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। सुदूरपश्चिम, कर्णाली, गण्डकी प्रदेश र प्रदेश १ को उच्च पहाडी तथा हिमाली भू(भागहरुका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ राति देशका पहाडी भू(भागमा आंशिक देखी सामान्य बदली रही बाँकी भू(भागमा आंशिक बदली रहनेछ। सुदूरपश्चिम, कर्णाली, गण्डकी प्रदेश र प्रदेश १ को उच्च पहाडी तथा हिमाली भू(भागहरुका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*