हेटौंडा। हिजो नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लि . हेटौंडा शाखाको आयोजनामा अभिकर्ता पुनर्ताजगी तथा दक्षता अभिबृद्धि कार्यक्रम र अभिकर्ता सम्मान कार्यक्रम होटेल Quick 20 मा सप्पन्न भएको छ । कार्यक्रमको अध्यक्षतामा बागमती प्रदेशको प्रमुख रमेशकुमार पौडेल सरले गर्नु भएको हो। कार्यक्रमको मुख्य अतिथि नेपाल लाइफ कम्पनीका नायब महाप्रबन्धक श्री स्मृति राज कण्डेल सरले गर्नु भएको थियो भने कार्यक्रम सन्चालन हेटौंडा शाखा प्रमुख ले गर्नु भएको थियो। कार्यक्रमको समुदघाटन दिप प्रव्जलन गरि गरियो। कार्यक्रममा करिब १३० जना अभिकर्ताहरुको उपस्तिथि रहेको थियो ।
कार्यक्रममा मुख्य कुरा अभिकर्तालाई दक्ष कसरी बनाउने भोलिका दिनमा आफ्नो बिमा व्यवसाय कसरी अगाडि बढाउने बिषय बस्तुमा कार्यक्रमका प्रमुख अतिथि र सभाअध्यक्ष ले प्रकाश पार्नु भयो। कार्यक्रममा उत्कृष्ट बिमा गर्ने अभिकर्ता हरुलाइ प्रमाण पत्र दिएर सम्मान गरियो ।






















