बागमतीको मुख्यमन्त्री जम्कट्टेलले पाए विश्वासको मत

हेटौंडा टुडे
३ माघ २०७९, मंगलवार १६:०८

हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले विश्वासको मत प्राप्त गरेका छन् । जम्कट्टेललाई १ सय ५ जना सांसदले विश्वासको मत दिएका हुन् ।

जम्कट्टेललाई नेपाली कांग्रेसका ३७, एमालेका २७, माओवादी केन्द्रका २१, राप्रपाका १२, नेकपा एकिकृत समाजवादीका ७ तथा हाम्रो नेपाली पार्टीका २ जनाले विश्वासको मत दिएका हुन् ।७० सांसदको समर्थन सहित गत पुस २५ गते मुख्यमन्त्री नियुक्त भएका जम्कट्टेललाई विश्वासको मत प्राप्त गर्दा मुख्यमन्त्रीमा समर्थन नगरेको नेपाली कांग्रेसले पनि साथ दिएको हो ।

बागमती प्रदेशमा रहेको नेपाल मजदुर किसान पार्टीले भने विश्वासको मतको विपक्षमा मतदान गरेको छ । तीन सिट रहेको नेमकिपा अब बागमती प्रदेशको प्रमुख प्रतिपक्ष दलको रुपमा रहने भएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*