हेटौडा । घूस लिएको आरोपमा सप्तरीको शम्भुनाथ नगरपालिकामा कार्यरत इन्जिनियर रामचन्द्र साह पक्राउ परेका छन् । इन्जिनियर साहलाई सेवाग्राहीबाट १ लाख ४० हजार रुपैयाँ घूस बापतको रकम लिइसकेको अवस्थामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय इटहरीको टोलीले मंगलबार पक्राउ गरेको हो । उक्त रकमसहित उनलाई कार्यकक्षबाट नियन्त्रणमा लिइएको र थप अनुसन्धान भइरहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता श्यामप्रसाद भण्डारीले बताए ।
सेयर गर्नुहोस्






















