हेटौंडा| स्वतन्त्र उम्मेदवारी दिएर निर्वाचित भएका मधेस प्रदेशका २ सांसद जनता समाजवादी पार्टीमा प्रवेश गरेका छन् ।
महोतरी –२ (ख) बाट निर्वाचित सुरिता साह र पर्सा –३ (क) बाट निर्वाचित प्रमोदकुमार जैसवाल आइतबार जसपामा प्रवेश गरेका हुन् । २ सांसद थपिएसँगै मधेसमा जसपाको सांसद संख्या १८ पुगेको छ ।
उनीहरूलाई पार्टी केन्द्रीय कार्यालयमा अध्यक्ष उपेन्द्र यादवले खादा र टीका लगाएर पार्टीमा स्वागत गरे ।
सेयर गर्नुहोस्






















