हेटौडा । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान सन्दीप लामिछानेविरुद्ध दायर भएको जगरजस्ती करणीसम्बन्धी मुद्दाको अन्तिम सुनुवाइ स्थगित भएको छ। काठमाडौं जिल्ला अदालतमा विचाराधीन मुद्दामा सोमबारदेखि अन्तिम सुनुवाइ हुने भनिएको थियो। जिल्ला अदालतले सोमबारका लागि पेसी पनि तोकेको थियो। तर जाहेरवालाका तर्फबाट स्थगितको निवेदन दर्ता भएपछि पेसी सरेको हो। लामिछानेका कानुन व्यवसायी अधिवक्ता मुरारी सापकोटाका अनुसार अन्तिम बहसका लागि पेसी तोकिएको भए पनि अन्तिम समयमा जाहेरवालाबाट स्थगीतको निवेदन पेस भएको थियो।
सेयर गर्नुहोस्






















