गृहमन्त्री लामिछाने र अमेरिकी राजदूतबिच भेटवार्ता

हेटौंडा टुडे
२०७९ माघ १०, मंगलवार १२:५८ गते

हेटौंडा| नेपालका लागि अमेरिकी राजदूत डिन आर. थम्प्सनले उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेसँग भेटवार्ता गरेका छन् । मन्त्री लामिछानेलाई भेट्न राजदूत थम्प्सन आज (मंगलबार) सिंहदरबार पुगेका हुन् ।

सो क्रममा उनले मन्त्री लामिछानेलाई बधाई एवम् सफल कार्यकालको लागि शुभकामना दिएका थिए । उनीबीच नेपाल र अमेरिकाबीचको द्धिपक्षीय सम्बन्ध सुमधुर बनाउनेबारे छलफल भएको बताईएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*