हेटौंडा| नेकपा एकीकृत समाजवादीको केन्द्रीय कमिटी दुई दिन बस्ने भएको छ । बैठक माघ २१ र २२ गते बस्ने भएको हो ।
प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनपछि विकसित राजनीतिक परिस्थिति, आगामी रणनीति र पार्टीका विभिन्न तहका कमिटीहरुको बैठकले गरेका निर्णय अनुमोदन गर्न बैठक बोलाइएको पार्टी महासचिव बेदुराम भुसाललले जानकारी दिए ।
समाजवादीले संगठन सुदृढिकरण अभियान अन्तरगत वडादेखि जिल्ला तहसम्म अधिवेशन गर्ने भएको छ । समाजवादीले २०८० जेठ मसान्तभित्र सबै जिल्ला अधिवेशन र २०८० कात्तिक मसान्तभित्र सबै प्रदेश अधिवेशन गर्ने भएको छ ।
सेयर गर्नुहोस्






















