हेटौंडा भैरवरोड स्थित नेपाल विद्युत प्राधिकरणको केन्द्रीय स्टोरमा गएराती आगलागी

हेटौंडा टुडे
२०७९ माघ १२, बिहीबार १३:१४ गते

हेटौंडा । मकवानपुरको हेटौंडा ५ भैरवरोड स्थित नेपाल विद्युत प्राधिकरणको केन्द्रीय स्टोरमा गएराती आगलागी भएको छ ।

नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी, स्थानीय र हेटौंडा उपमहानगरको दमकलको सहयोगमा करिब २ घण्टापछि आगलागी नियन्त्रणमा लिइएको थियो।

आगलागीबाट प्राधिकरणका धेरै सामानहरु जलेर नष्ट भएका छन् । स्टोरमा करेन्ट सर्ट भएर आगालागी भएको हुन सक्ने प्रहरीको अनुमान छ ।

आगलागीको कारण र क्षेति विवरण खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*