हेटौंडा|नेपाली कांग्रेसले केन्द्रीय समिति बैठक तेस्रो पटक स्थगित गरेको छ।
मुख्य सचिव कृष्णप्रसाद पौडेलले केन्द्रीय समिति बैठक स्थगित भएको बताए।
माघ १५ गतेका लागि केन्द्रीय समिति बैठक बोलाइएको थियो।
गत मंसिरमा भएको चुनावपछि चुनावी समीक्षा गर्न केन्द्रीय समिति बैठक बोलाउने निर्णय भएको थियो। गठबन्धन जोगाउन नसकेको आरोप सभापति शेरबहादुर देउवामाथि छ।कांग्रेसले सरकारलाई विश्वासको मत दिनेजस्ता महत्वपूर्ण निर्णय केन्द्रीय समिति बैठकबाट गरेको छैन। केन्द्रीय कार्यसम्पादन र विधानले नचिन्ने पदाधिकारी बैठकबाट महत्वपूर्ण निर्णय हुँदै आएकामा केन्द्रीय सदस्यहरूले सभापतिलगायत पदाधिकारीको आलोचना गर्दै आएका छन्।
कांग्रेसले सरकारलाई विश्वासको मत दिनेजस्ता महत्वपूर्ण निर्णय केन्द्रीय समिति बैठकबाट गरेको छैन। केन्द्रीय कार्यसम्पादन र विधानले नचिन्ने पदाधिकारी बैठकबाट महत्वपूर्ण निर्णय हुँदै आएकामा केन्द्रीय सदस्यहरूले सभापतिलगायत पदाधिकारीको आलोचना गर्दै आएका छन्।
कांग्रेसले राष्ट्रपति पदमा उम्मेदवारी दिने तयारी गरिरहेको छ। पार्टीलाई एकताबद्ध बनाएर लैजाने तयारीमा सभापति देउवा छन्। केन्द्रीय समिति बैठक अहिले बस्दा आरोप प्रत्यारोप हुन सक्ने भन्दै केन्द्रीय समिति बैठक पटक पटक स्थगित गरिएको आरोपसमेत लाग्ने गरेको छ।
कांग्रेसले यसअघि पुस २८ मा केन्द्रीय समिति बैठक राखे पनि स्थगित गरेर माघ १५ का लागि सारेको थियो। त्यसअघि कांग्रेसले पुस २२ मा केन्द्रीय समिति बैठक बोलाएकोमा स्थगित गरेको थियो।






















