आज महोत्सवमा पशुपति शर्मा,कमेडियन दले दाईसँगै अन्य कलाकारहरुको प्रस्तुती

हेटौंडा टुडे
२०७९ माघ १३, शुक्रबार १४:०३ गते

हेटौंडा \ मकवानपुर उद्योग वाणिज्य संघको मुख्य आयोजनामा जारी १० औं राष्ट्रिय औद्योगिक व्यापार महोत्सवमा आज शुक्रबार कमेडियन सुमन कोइराला दले दाई र लोकगायक पशुपति शर्मा आउने भएका छन् ।

शुक्रबार दिउँसो महोत्सवमा जग्गा दलालीको कमेडि गरि चर्चा कमाएका कोइराला र चर्चित लोक गायक पशुपति शर्माले आफ्नो प्रस्तुती दिइने जनाइएको छ । त्यस्तै, बाल गायक सुप्रिम मल्ल र आयुसा गौतमको पनि बजोड प्रस्तुती रहनेछ ।
विहीबार  महोत्सवमा लोकगायक नवीन पौडेल सरोज लामिछाने, प्रतिमा अर्यालले आफ्नो प्रस्तुती दिएका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*