मकवानपुरको राक्सिराङमा भिरबाट लडेर पुरुषको मृत्यु

हेटौंडा टुडे
२०७९ माघ १५, आईतवार ११:१२ गते

हेटौंडा। मकवानपुरको राक्सिराङमा एक पुरुषको भिरबाट लडेर ज्यान गएको छ।

शनिबार साँझ राक्सिराङ (२ देउरालीमा सोही वडाको चनौटा बस्ने अन्दाजी ५०र५५ वर्षीय माईला थिङको भिरबाट लडेर ज्यान गएको मकवानपुर प्रहरीले जनाएको छ ।

थिङ बिहेमा सहभागि भएर घर फर्कँदै गरेको अवस्थामा भिरबाट लडेर अन्दाजी १५० मिटर तल खसेको र घटनास्थलमै ज्यान गएको प्रहरीले जनाएको छ। घटनास्थललाई सुरक्षित राखिएको र मुचुल्काको लागि इलाका प्रहरी कार्यालय मनहरीको टोली घटनास्थल पुग्दै गरेको जनाइएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*