बस्तिपुरमा शनिबारबाट तीन दिने लेखा व्यवस्थापन तालिम सुरु

हेटौंडा टुडे
२०७९ माघ १५, आईतवार ११:४४ गते

हेटौडा । हेटौंडा उपमहानगरपालिका वडा नम्वर १९ बस्तिपुरमा शनिबारबाट तीन दिने लेखा व्यवस्थापन तालिम सुरु भएको छ ।

तालिम सामुदायिक वन उपभोक्ता महासंघ, मकवानपुरको आयोजना तथा हेटौडा उपमहागरपालिकाको आर्थिक सहयोगमा सुरु भएको हो ।
तालिमको उद्घाटन एक कार्यक्रमबीच हेटौडा–१९ का वडाध्यक्ष नरनाथ सुवेदीले गरेका हुन् ।तालिममा बंशगोपाल माविका प्राचार्य रमेशप्रसाद लामिछाने, सामुदायिक वन उपभोक्ता महासंघ, मकवानपुरका कोषाध्यक्ष बलराम अधिकारी, स्थानीय महासंघ, हेटौंडाका अध्यक्ष शम्भुप्रसाद न्यौपाने, सहजकर्ता सन्ध्या शिवाकोटी र रानी सामुदायिक वनका कार्यालय सचिव भीमसेन पौडेलले सहजीकरण गर्ने कार्यक्रम रहेको छ ।

तालिममा सव डिभिजन वन कार्यालय, बसामाडी अन्तरगत रहेका विभिन्न सामुदायिक वनका अध्यक्ष, सचिव र कोषाध्यक्ष गरि ३५ जनाले सहभागिता जनाएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*