परराष्ट्रमन्त्री पाँच दिनका लागि संयुक्त राज्य अमेरिकाको भ्रमणमा जाने

हेटौंडा टुडे
२०७९ माघ १५, आईतवार १४:०४ गते

हेटौंडा| परराष्ट्रमन्त्री विमला राई पौड्याल यही माघ १९ गतेदेखि पाँच दिनका लागि संयुक्त राज्य अमेरिकाको भ्रमणमा जाने भएकी छन् ।

परराष्ट्र मन्त्रालयका प्रवक्ता सेवा लम्सालले मन्त्री पौड्याल अमेरिका भ्रमणमा जान लागेको जानकारी दिइन् । तर, उनको भ्रमणको एजेन्डाबारे मन्त्रालयले कुनै जानकारी गराएको छैन ।

यता, अमेरिकाको राजनीतिक मामिला हेर्ने उपविदेशमन्त्री भिक्टोरिया नुल्यान्ड दुईदिने नेपाल भ्रमणका लागि आज साँझ काठमाडौं आउँदै छिन् । उनले नेपाल–अमेरिका साझेदारीका विषयमामा बृहत् छलफल गर्ने बताइएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*