प्रधानमन्त्री प्रचण्ड र अमेरिकी उपमन्त्रीबिच शिष्टाचार भेट

हेटौंडा टुडे
२०७९ माघ १६, सोमबार ११:५४ गते

हेटौंडा|प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग अमेरिकाको विदेश मन्त्रालयकी राजनीतिक मामिला हेर्ने उपमन्त्री भिक्टोरिया नुल्यान्डले  शिष्टाचार भेट गरेकी छन् ।

सोमबार प्रधानमन्त्री निवास बालुवाटार पुगेर उपमन्त्री नुल्यान्डले प्रधानमन्त्री प्रचण्डसँग  शिष्टाचार भेटवार्ता गरेकी हुन् ।

भेटमा नेपाल अमेरिका सम्बन्ध  र अमेरिकी साझेदारीको बृहत् परियोजनाहरूमाथि छलफल गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

उपविदेशमन्त्री नुल्यान्डले आजै  नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*