नेपाल पत्रकार महासंघको सदस्यता स्वैच्छिक रुपमा त्याग गर्न अनुरोध

हेटौंडा टुडे
२०७९ माघ २०, शुक्रबार १०:४६ गते

हेटौंडा। नेपाल पत्रकार महासंघले पत्रकारितामा नरहेका तर महासंघको सदस्यता कायम रहेका व्यक्तिलाई नेपाल पत्रकार महासंघको सदस्यता स्वैच्छिक रुपमा त्याग गर्न अनुरोध गरेको छ। पत्रकार महासंघका महासचिव रोसन पुरीले हिजो बिहीबार एक विज्ञप्ति प्रकाशित गर्दै यसो अनुरोध गरिएको हो।

नेपाल पत्रकार महासङ्घको कर्णाली प्रदेशको राजधानी सुर्खेतमा सम्पन्न साधारणसभामा गठन भएको सदस्यता शुद्धिकरण समितिले साधारणसभाबाट प्राप्त कार्यदिश मार्फत यस अभियान चलाएको विज्ञप्तिमा उल्लेख गरिएको छ। विज्ञप्तिमा यदी त्यस्ता सदस्यले स्वैच्छिक सदस्यता नत्यागे प्रकृयागत रुपमै सूचीबाट नाम हटाइने जनाइएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*