मकवापुरगढीमा अटो पल्टिदा घिमिरेको मृत्यु

हेटौंडा टुडे
९ फाल्गुन २०८०, बुधबार ११:२१

हेटौडा । मकवानपुरको मकवापुरगढी गाउँपालिकामा अटो दुर्घटना हुदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मकवानपुरगढी गाउँपालिका वडा नम्बर – ४ का स्थानिय बर्ष – ३५ का सुमन भनिने देबि बहादुर घिमिरे रहको मकवानपुर प्रहरी जनाएको छ ।

मकवानपुरगढी – ४ ज्वालादेवी स्थित भित्रि सडक खण्डमा मकवानपुर गढी – ५ धादिङ बजार बाट आउदै गर्दा ना. २ ह. ५२६८ नम्बर अटो अनियन्त्रित भई पल्दिदा अटो चालक घिमिरेको मृत्यु भएको हो । उनको दुर्घटनामा परि  निधारमा र टाउकोमा चोट लागेको थियो । घिमिरेलाई उपचारको लागि हेटौडा अस्पताल ल्याउदा डाक्टरले मृत घोषणा गरको थियो । दुर्घटना हुँदा अटोमा यात्रु नभएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*