गायक रवि ओडविरुद्ध पक्राउ पुर्जी जारी

हेटौंडा टुडे
२३ चैत्र २०८०, शुक्रबार १३:११

हेटौडा । नेपाल आइडल सिजन २ विजेता गायक रवि ओडविरुद्ध उनकै श्रीमतीले वैवाहिक बलात्कारको जाहेरी दिएकी छिन् । आफूमाथि वैवाहिक बलात्कार गरेको भन्दै उनले गत २० गते नै जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा जाहेरी दिएकी हुन् । कञ्चनपुर प्रहरीका अनुसार ओडलाई पक्राउ गरी अनुसन्धान गर्नका लागि जिल्ला अदालत कञ्चनपुरबाट पक्राउ पुर्जी जारी भएको हो ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*