हेटाैंडा / मकवानपुरकाे कैलाश गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८१/०८२ काे लागि ४८ करमेड ७८ लाख ६७ हजार रुपैयाँकाे बजेट ल्याएकाे छ । गाउँसभाकाे १४ ओैँ अधिवेशनकाे साेमबारकाे बैठकमा गाउँपालिकाका उपाध्यक्ष बालकुमार मल्ल ठकुरीले आगामी आर्थिक वर्ष २०८१/०८२ काे अनुमानित आय र व्ययकाे विवरण पेश गरेका हुन् । चालू वर्षकाे तुलनामा गाउँपालिकाकाे आगामी वर्षकाे बजेट घटेकाे छ। चालु वर्ष गाउँपालिकाले ५२ कराेड ४२ लाख ५५ हजार ३०५ रुपैयाँकाे बजेट कार्यान्वयन गरिरहेकाे छ । आगामी बर्षकाे बजेट चालू बर्षकाे तुलनामा ३ कराेड ६३ लाख ८७ हजार ५८७ रुपैंया कम विनियाेजन भएकाे छ ।
गाउँपालिकाले आगामी वर्ष कृषि विकासतर्फ ९० लाख ५१ हजार, उद्योग विकास तर्फ ३१ लाख, पर्यटनतर्फ ५४ लाख, सिंचाईतर्फ ५७ लाख ३५ हजार, पशुपन्छी विकासतर्फ २२ लाख ७२ हजार र आर्थिक विकासतर्फ ३ कराेड २७ लाख २९ हजार बजेट विनियाेजन गरेकाे छ ।
यसैगरी मनहरी खाेला पक्की पुल देखि नामटार कालिकाटार सडककाे स्ल्याब ढलान तथा कालाेपत्रेका लागि बहुवर्षीय याेजना अन्तर्गत संघकाे ६५ लाख र पालिकाकाे ७० लाख गरि १ कराेड ३५ लाख, यातायात पुर्वाधार विकासतर्फ ९ कराेड ४४ लाख ५० हजार, युवा तथा खेलकुदतर्फ ४० लाख ५० हजार, भाषा तथा संस्कृति प्रवर्द्धनमा १४ लाख ५० हजार, शिक्षातर्फ १५ कराेड ३२ लाख ८१ हजार र चेली प्राेत्साहन कार्यक्रमका लागि ४ लाख बजेट विनियाेजन गरिएकाे उपाध्यक्ष ठकुरीले बताए ।