भीमफेदीमा डिब्बा ट्रक दुर्घटना, चालक घाइते

हेटौंडा टुडे
२०८३ श्रावण २१, बिहीबार ११:०५ गते

हेटौडा । त्रिभुवन राजमार्गमा अन्तर्गत मकवानपुरको भीमफेदी गाउँपालिका–२ चुनियामा डिब्बा ट्रक दुर्घटना हुँदा चालक घाइते भएका छन्। वीरगञ्जबाट काठमाडौंतर्फ मेसिनरी सामान बोकेर जाँदै गरेको म प्र ०३–००२ ख ४७०५ नम्बरको डिब्बा ट्रक विपरीत दिशाबाट अर्थात् पालुङतर्फबाट हेटौंडा आउँदै गरेको नम्बर नखुलेको ट्रकले साइड च्याप्दै आएपछि साइड दिने क्रममा दुर्घटना भएको प्रहरीका मकवानपुर प्रहरीले जनाएको छु ।

साइड दिने क्रममा डिब्बा ट्रकको पछाडिको चक्का सडकको किनार भासिएपछि ट्रक करिब २०–२५ मिटर तल खसेर बाँसको झ्याङमा अड्किएको थियो । दुर्घटनामा ट्रक चालक हेटौंडा उपमहानगरपालिका–१४ निवासी करिब ४३ वर्षीय सुब्बा स्याङतान घाइते भएका छन्। उनको ढाड–कम्मरमा भित्री चोट तथा बायाँ खुट्टामा चोट लागेको छ। घाइतेलाई राति नै हेटौंडा अस्पताल पुर्‍याई उपचार गरिएको थियो।

 

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*