४ लाख घुस लिएको आरोपमा हवल्दार सहनी पक्राउ

टुडे संवादाता
३० आश्विन २०७७, शुक्रबार १७:४७

बुटवल/ इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी हवल्दार शिवचन्द्र सहनी चार लाख रुपैयाँ घुस लिएको आरोपमा पक्राउ परेका छन् । उनी श्रीमती निर्मला केवट पनि पक्राउ परेकी छन् ।

उनीहरूलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग, बुटवल कार्यालयको टोलीले रुपन्देहीको सियारी गाउँपालिका–७ स्थित खनाल मिठाई पसल छेउबाट शुक्रबार अपराह्न साढे २ बजे दसीसहित नियन्त्रणमा कार्यालयका प्रवक्ता सुरेश भुसालले जानकारी दिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*