पेट्रोलियमको मूल्य फेरि बढ्यो , अब पेट्रोल प्रतिलिटर १२७

हेटौंडा टुडे
२०७८ असार १०, बिहीबार १०:०२ गते

हेटौंडा ।  पेट्रोलको मूल्य बुधबार रातिबाट लागू हुनेगरी नेपाल आयल निगमले पुनः बढाएको छ । बुधबारबाट लागू हुनेगरी निगमले पेट्रोल, डिजेल र मट्टीतेलमा प्रतिलिटर दुई रुपैयाँ मूल्य बढाएको हो । निगमले यस अघि जेठ २२ गते मात्रै पेट्रोल र डिजेलको मूल्य बढाएको थियो ।

अब पेट्रोल प्रतिलिटर १२७, डिजेल र मट्टीतेल ११० र आन्तरिक तर्फको हवाई इन्धनको मूल्य अब ८२ रुपैयाँ पुगेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*