हेटौँडा/ जिल्ला प्रशासन कार्यालय मकवानपुरका अनुसार गत आर्थिक वर्ष २०७७-०७८ मा ११ हजार भन्दा बढीले वंशजको आधारमा नागरिकता प्राप्त गरेका छन् ।
जसमध्ये ५ हजार ७७ जना पुरुष र ५ हजार ९ सय ३६ जना महिला रहेका छन् ।

यसैगरी उक्त कार्यालयबाट गत आवमा पाँच जनालाई वैवाहिक अङ्गीकृत नागरिकता र अघिल्लो आवमा नौ जनाले अङ्गीकृत वैवाहिक नागरिकता प्राप्त गरेको प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले जानकारी दिए ।
सो अवधिमा कार्यालयबाट १०८ नाबालक परिचयपत्र जारी भएको थियो ।
सेयर गर्नुहोस्




















