४८.४२ अंकले खस्कियो नेप्से

हेटौंडा टुडे
२०७८ भाद्र ९, बुधबार १६:१६ गते

हेटौँडा/ बुधबार नेप्से परिसूचक ४८.४२ अंकले खस्किएको छ । १.५५ प्रतिशतले घटेको नेप्से परिसूचक ३०७६.४४ बिन्दुमा पुगेको छ । विकास बैंक र निर्जीवन बीमा समूहका कम्पनीहरूको सेयर मुल्यमा उच्च गिरावट आएको छ । मौद्रिक नीतिमार्फत सेयर धितो कर्जामा राष्ट्र बैंकले गरेको कडाइका कारण नेप्सेमा गिरावट आइरहेको अनुमान गरिएको छ । २० अर्बभन्दा माथि पुगेको सेयर कारोबारको रकम खुम्चिएर १२ अर्बमा सीमित भएको छ । एक लाख १८ हजार नौ सय १७ पटकको किनबेचमा एक करोड ९५ लाख कित्ता सेयर किनबेच भएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*