हेटौँडा/ अल्पमतमा परेको बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले विश्वासको मत लिने तयारी गरेकी छन् । नेकपा एमालेको एकल बहुमत रहेको बागमतीमा पार्टी फुटको असरले सरकार अल्पमतमा परेको हो ।
नेकपा एमाले फुटेर नेकपा एकिकृत समाजवादी निमार्ण हुँदा १३ जना प्रदेश सांसदहरुले पार्टी छाडेर अल्पमतमा परेपछि विश्वासको मत लिने तयारी गरिएको मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले बताएकी छन् ।
मुख्यमन्त्री शाक्यले यही २५ गते विश्वासको मत लिने तयारी गरेकी छन् ।
सेयर गर्नुहोस्





















