सिमरा/सिमरा विमानस्थल जेठ २४ गते देखि असार १३ गते सम्म दिउँसो बन्द हुने भएको छ । विमानस्थल मर्मत तथा सम्भारका लागि २० दिन दिउँसो बन्द हुने भएको हो । वर्षौदेखि जीर्ण अवस्थामा रहेको सिमरा विमानस्थल दैनिक उडानको समय कटौती गरिएको सिमरा विमानस्थलले जनाएको छ ।
विमानस्थलमा पिचिंग र कालोपत्रेको काम गर्नु पर्ने भएको हुँदा यही जेठ २४ गते देखि असार १३ गते सम्म बिहान ६ बजे देखि ११ बजे सम्म मात्रै उडान भर्न दिने सिमरा विमानस्थलका प्रमुख भुपेन्द्र भट्टले जानकारी दिएका छन्। निर्माणको काम सप्तकोशी निर्माण सेवा कम्पनीले गर्ने जनाइएको छ।
सेयर गर्नुहोस्





















