हेटौडा । तनहुँको भानु नगरपालिकामा चुँदीखोलाले बगाएर १८ महिनाकी बालिका काव्य श्रेष्ठ मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । घरभन्दा २० मिटर पछाडि रहेको खोलाले बगाइ पाँच सय मिटर तल अचेत अवस्थामा भेटिएकी बालिकाको उपचारका क्रममा अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक राजकुमार बिकले जानकारी दिएका छन् ।
बालिकालाई आइतबार राति १० बजे दमौली अस्पतालमा चिकित्सकले मृत घोषणा गरेका थिए । घरबाट हराएपछि आफन्तजन र स्थानीयवासीले खोजतलास गर्ने क्रममा खोलाले बगाएको अवस्थामा बालिका फेला परेकी थिइन् ।
सेयर गर्नुहोस्




















