मकवानपूरको जंगलमा शव फेला

हेटौंडा टुडे
२०७९ असार २०, सोमबार ११:४४ गते

हेटौंडा । मकवानपुरको जंगलमा एक शव फेला परेको छ ।  मनहरी गाउँपालिका वडा नंबर १ को मकरीस्थित भोर्लेटाँडी जंगलमा स्थानीय ६५ वर्षीय मानबहादुर घलानको शव फेला परेको प्रहरीले जनाएको छ  । घलान शनिबारबाट बेपत्ता भएका थिए । खोजि गर्ने क्रममा घलान मृत फेला परेका हुन् । जंगलमा भीरबाट लडेर मृत्यु भएको हुन सक्ने प्रहरीले जनाएको छ । शवलाई पोस्टमार्टमको लागि जिल्लाको हेटौंडा अस्पताल ल्याईएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता टेकबहादुर कार्कीले जानकारी दिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*