हेटौडा । बिहीबार सून तोलामा ३०० रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। तोलामा ३०० रुपैयाँले बढेर बिहीबार छापावाल सुनको मूल्य प्रतितोला ९४ हजार ६०० रुपैयाँ कायम भएको छ। यस्तै, तेजाबी सुनको मूल्य प्रतितोला ९४ हजार १०० रुपैयाँ पुगेको छ। यसअघि बुधबार छापावाल सुनको मूल्य प्रतितोला ९४ हजार ३०० रुपैयाँ थियो। यस्तै, तेजाबी सुनको मूल्य प्रतितोला ९३ हजार ८०० रुपैयाँ थियो। बिहीबार चाँदीको मूल्य पनि तोलामा १० रुपैयाँले बढेको छ।
सेयर गर्नुहोस्




















