८ हजार मतदाता मकवानपुरमा थपिए

हेटौंडा टुडे
२०७९ भाद्र १, बुधबार १५:०८ गते

हेटौडा । बागमती प्रदेश निर्वाचन अधिकृतको कार्यालय अनुसार असार १ गते देखि साउन १९ गते सम्म जिल्लामा ८ हजार ६४३ जनाले मतदाता नामावलीमा नाम दर्ता गराएका हुन् । जिल्लामा ४ हजार ५१७ जना पुरुष र ४ हजार १२६ जना महिलाले मतदाता नामावलीमा नाम दर्ता गराएकोमा बाहिरी जिल्लाका २ सय ७२ रहेको कार्यालयले जनाएको छ ।

कार्यालय अनुसार बाहिरी जिल्लाका दर्ता भएका २ सय ७२ जनाको नामावली सम्बन्धित जिल्लामा पठाइने बताइएको छ । यसअघि,वैशाखमा सम्पन्न स्थानीय निर्वाचनमा मकवानपुरमा १८ वर्ष उमेर नाघेका २ लाख ९४ हजार ९ सय १९ जना मतदाता रहेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*