थप ७ जनामा कोरोना संक्रमित

हेटौंडा टुडे
२०७९ मंसिर १४, बुधबार १७:११ गते

हेटौंडा | नेपालमा थप ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा ४ सय ५४ नमूनाको पीसीआर परीक्षणका क्रममा ४ जना र १ हजार २ सय २३ एन्टीजेन परीक्षणका क्रममा ३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

कोरोनाका कारण बुधबार कसैको पनि मृत्यु भएको छैन।

मन्त्रालयकाअनुसार आज थप ३० संक्रमित निको भएका छन् । हाल नेपालमा १ सय ७८ सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*