पछिल्लो २४ घण्टामा ६ कोरोना संक्रमित थपिए

हेटौंडा टुडे
२०७९ मंसिर १८, आईतवार १७:२७ गते

हेटौंडा | पछिल्लो २४ घण्टामा देशभर ६ जनामा कोरोना भाइरस (कोभिड–१९)  संक्रमित  थपिएका छन् । पसो अवधिमा १ हजार ३८८ जनाको नमूना परीक्षण गर्दा ६ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार, ४५४ नमूनाको आरटिपिसिआर विधि र बाँकी ९३४ नमूनाको एन्टीजेन विधिबाट परीक्षण गरिएको थियो ।

यस्तै, पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट कुनै पनि व्यक्तिको निधन भएको छैन भने १९ जना कोरोना संक्रमणमुक्त भएका छन् । हाल नेपालमा एक सय आठ जना संक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।

कोरोना संक्रमणबाट नेपालमा १२ हजार १९ जनाको मृत्यु भएका छन् । यस्तै, देशभर हालसम्म कोरोना निको हुने दर ९८.८ प्रतिशत रहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*