मधेस प्रदेशका २ सांसद जनता समाजवादी पार्टीमा प्रवेश

हेटौंडा टुडे
२०७९ माघ ८, आईतवार १४:५९ गते
तस्बिर गुगलबाट

हेटौंडा| स्वतन्त्र उम्मेदवारी दिएर निर्वाचित भएका मधेस प्रदेशका २ सांसद जनता समाजवादी पार्टीमा प्रवेश गरेका छन् ।

महोतरी –२ (ख) बाट निर्वाचित सुरिता साह र पर्सा –३ (क) बाट निर्वाचित प्रमोदकुमार जैसवाल आइतबार जसपामा प्रवेश गरेका हुन् । २ सांसद थपिएसँगै मधेसमा जसपाको सांसद संख्या १८ पुगेको छ ।

उनीहरूलाई पार्टी केन्द्रीय कार्यालयमा अध्यक्ष उपेन्द्र यादवले  खादा र टीका लगाएर पार्टीमा स्वागत गरे ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*