नेकपा एकीकृत समाजवादीको केन्द्रीय कमिटी २१ र २२ गते दुई दिन बस्ने

हेटौंडा टुडे
२०७९ माघ १२, बिहीबार १२:३५ गते

हेटौंडा| नेकपा एकीकृत समाजवादीको केन्द्रीय कमिटी दुई दिन बस्ने भएको छ । बैठक माघ २१ र २२ गते बस्ने भएको हो ।

प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनपछि विकसित राजनीतिक परिस्थिति, आगामी रणनीति र  पार्टीका विभिन्न तहका कमिटीहरुको बैठकले गरेका निर्णय अनुमोदन गर्न बैठक बोलाइएको पार्टी महासचिव बेदुराम भुसाललले जानकारी दिए ।

समाजवादीले संगठन सुदृढिकरण अभियान अन्तरगत वडादेखि जिल्ला तहसम्म अधिवेशन गर्ने भएको छ । समाजवादीले २०८० जेठ मसान्तभित्र सबै जिल्ला अधिवेशन र २०८० कात्तिक मसान्तभित्र सबै प्रदेश अधिवेशन गर्ने भएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*