मकवानपुर प्रहरीद्धारा ३ बिगाहा २ कठ्ठामा लगाइएको गाँजाका बोटहरु नष्ट ।

हेटौडा टुडे
२९ भाद्र २०७६, आईतवार १९:४३

राक्सिराङ गाउँपालिकाको विभिन्न वडामा मकवानपुर प्रहरीले ३ बिगाहा २ कठ्ठामा लगाइएको गाँजाका बोटहरु नष्ट गरेको छ ।

मकवानपुरका प्रहरी प्रमुख प्रहरी उपरीक्षक मुकेश कुमार सिंहको कमाण्डमा हेटौंडाबाट गएको प्रहरी टोलीले गाउँपालिकाको विभिन्न वडामा समुदाय प्रहरी साझेदारी अन्तर्गत विभिन्न समितिहरुसंगको सहकार्यमा लागू औषध नियन्त्रणमा आम समुदायको भुमिकाबारे छलफल गरी कानुनी व्यवस्था र यसका नकारात्मक प्रभावबारे जनचेतनामुलक कार्यसमेत गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ

अवैध रुपमा लगाईएको लागू औषध फडानी अभियानको दोस्रो चरणको कार्य अन्तर्गत राक्सिराङको वडा नम्बर २ को कालीधाप, चनौटा र मिग्रानका विभिन्न स्थानका लागूऔषध नष्ट गरिएको मकवानपुर प्रहरीले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*