असार १३,हेटौंडा / गत बिहिबार मात्र मकवानपुरको मनहरी गाउँपालीका वडा नम्बर ५ दरदराको स्ल्याब ढलानमा देखिएको चरम लार्पबाहिको विषयमा हेटौंडाको सञ्चार माध्यमहरु प्रदेशसञ्चार ,हेटौंडा टुडे लगाएत केहि सञ्चार माध्यमा समाचार प्रकाशित भएको थियो ।
समाचार प्रकाशित गरेको दुई दिन न बित्दै दरदराको स्ल्याब ढलान कार्य सुधारिएको पाईएको छ । अहिले निर्माण कार्यमा ढुंगा सोलिंग गरी ग्राभेल पुरेर स्ल्याब ढलान भईरहेको हेटौंडा टुडेको स्रोत ले जनाईएको छ ।
गाउँपालिकाले निकालेको करिब २ करोड रुपैयाँको ठेक्कामा ४० प्रतिशत बिलोमा ठेक्का हाली १ करोड १० लाखमै सम्झौता गरेको काठमाडौंको एचबी मेघा कन्स्ट्रक्सनले लापरबाहीपूर्ण तरिकाले हिलो माटोमाथि ढलानको मसला हालेर पुरेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि हामिले गाउँपालिका अध्यक्ष एकराज उप्रेतीलाई यस बिषयमा ध्यानार्कषण गराएका थियौं । अध्यक्ष उप्रेतीले भिडियो हेर्दा आफुलाई चित्त नबुझेको बताएका थिए ।
हेनुहोस सुधारिए पछि यसरि हुदैं छ निर्माण कार्य

यो पनि पढ्नुहोस,
मनहरी गाउँपालिका ५ को असारे विकास नमूना, करोड सक्याउन हिलोमाथि नै ढलान (भिडियोसहित)














