असार२७ , चितवन । चितवनको माडीमा बाढीले बगाउँदा एक जनाको मृत्युु भएको छ ।मृत्यु हुनेमामाडी नगरपालिका–८ का पूर्वसिंह तमाङ (सुरज) को मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार तमाङ रिमाल खोला तर्ने क्रममा उनलाई बगाएको हो ।उनको शव माडी नगरपालिका–६ सिमरा र कल्याणपुरको बीचमा रिउ खोला नजिक भेटिएको छ ।
यस्तै भरतपुर महानगरपालिका–२७ दिव्यनगरमा नारायणी नदीले पाँच मिटर ड्याम भत्काएको छ । सात मिटर ड्याममध्ये दुई मिटरमात्र बाँकी रहेको प्रहरीले जनाएको छ ।
यो पनि पढ्नुहोस,
सेयर गर्नुहोस्