हेटौंडाका मन्दिर खुला हुदैन : मकवानपुर प्रहरी

टुडे संवादाता
११ श्रावण २०७७, आईतवार २२:१२

साउन ११,हेटौंडा /कोरोना संक्रमणको जोखिम कायमै रहेकोले हेटौंडाका मन्दिरहरु खुला नहुने भएको छ । सरकारले मन्दिर खुला नगर्न निर्देशन दिएपछि प्रहरीले यसबारे जानकारी गराएको छ । साउने सोमबार शिव मन्दिरमा दर्शनार्थीहरूको भिड बढ्ने भएकोले मकवानपुर प्रहरीले मन्दिर खुला नहुने जनाएको हो ।

मन्दिर व्यवस्थापन समितिलाई मन्दिर खुला नगर्न आग्रह गराइएको वडा प्रहरी कार्यालय हेटौंडाका प्रहरी निरीक्षक ईश्वरीप्रसाद भण्डारीले बताए । हेटौडा -४ मा रहेको भुवनेश्वर मन्दिर, मकवानपुर गढीगाउँपालिका -४ मा रहेको मनकामना मन्दिर, हेटौँडा-१० मा रहेको भुटनदेवि र गोरक्षेश्वर मन्दिर, हेटौँडा, -१ भैरवडाँडामा रहेको पाथीभरा देवि मन्दिर, हेटौँडा-५ मा रहेको रूद्रेश्वर र दक्षिणकाली लगायतका धार्मिकस्थल बन्द रहने प्रहरीले जानकारी दिएको छ ।

यसअघि पनि सर्वसाधारणलाई मन्दिर नखुल्ने अवगत गराइएको भन्दै उनले अटेर र जबर्जस्ती गरे कारवाही गरिने भण्डारीले बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*