हेटौंडा/हेटौंडामा रहेको किटजन्य रोग अनुसंधान तथा तालिम केन्द्रको प्रादेसीक कोरोना परिक्षण प्रयोगशालामा नभ्याएर काभ्रेको धुलीखेल प्रयोगशालामा गरिएको परिक्षमा ५७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
भाद्र ७ गते हेटौंडाबाट मकवानपुर सहित बिभीन्न जिल्लाबाट संकलन गरिएको करिब ५ सय जनाको स्वाब धुलीखेल पठाईएको मध्ये मकवानपुरका ४५ जनामा कोरोना संक्रमण पुष्टि भएको प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला काभ्रेका सुचना अधिकारि हरि बिष्टले जानकारी दिए । मकवानपुरमा एकैचोटी यतिधेरै संक्रमित थपिएको यो पहिलोपटक हो ।
संक्रमितको बिबरण यस्तो छ
हेटौंडा- १ का ३ जना,
हेटौंडा-२ का २ जना,
हेटौंडा-४ का ५ जना,
हेटौंडा-५ का १२ जना,
हेटौंडा-६ का १ जना,
हेटौंडा-७ का १ जना,
हेटौंडा-८ का १ जना,
हेटौंडा-९ का ३ जना,
हेटौंडा-१० का ५ जना,
हेटौंडा-११ का ६ जना,
हेटौंडा-१३ का १ जना,
हेटौंडा-१४ का १ जना,
हेटौंडा-१७ का १ जना,
हेटौंडामा वडा नखुलेको १ जना,
जिल्ला बहिरका २ जना