पर्साको ठोरीमा तस्करको समूह र प्रहरीबीच झडप, चार जना तस्कर पक्राउ

टुडे संवादाता
२९ आश्विन २०७७, बिहीबार १७:०९

पर्सा/पर्साको ठोरी गाउँपालिकामा तस्करको समूह र प्रहरीबीच झडप भएको छ। ओरिया खोलामा बुधबार राति लागूऔषध गाँजा तस्कर र प्रहरीबीच झडप भएको हो।

झडपको क्रममा प्रहरीले हतियारसहित चार जना तस्करलाई पक्राउ गरेको छ । पक्राउ परेकाहरुको साथबाट प्रहरीले एक थान भरुवा बन्दुक, त्यसमा प्रयोग हुने चार राउण्ड गोली र एक थान खुकुरी बरामद गरेको छ।

इलाका प्रहरी कार्यालय ठोरीका अनुसार तस्कर समूहले एक राउण्ड फायर गरेपछि प्रहरीले पनि दुई राउन्ड हवाई फायर गरेको थियो।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*