मकवानपुर प्रहरीले हेटौंडा १० बाट ८० किलो गाँजा सहित हुन्डाइ सेन्ट्रो कार बरामद

टुडे संवादाता
२७ कार्तिक २०७७, बिहीबार १३:४५

हेटौँडा/जिल्ला प्रहरी कार्यालय मकवानपुरले  ८० किलो लागु औषध गाँजा सहित हुन्डाइ सेन्ट्रो कार बरामद गरेको छ। बिहिबार बिहान हेटौंडा उपमहानगरपालिका वडा नम्बर १० स्थित प्रहरी चौकी भुटनदेविबाट गस्तीमा रहेको प्रहरीले ८० किलो गाँजा सहित कार बरामद गरेको हो।

प्रहरीले बरामद गरेको ८० केजी गाँजा

गस्तीमा रहेको  प्रहरीलाई देखेर भागेको बा ६ च १४७६ नम्बरको कारलाई खोजीकार्य गर्दा हेटौँडा-१० भुटनदेवि मन्दिर जानेबाट सडकमा कार लक गरेको अवस्थामा फेला पारेको र जनप्रतिनिधिको रोहबरमा कार खोलेर हेर्दा प्याकिङ  गरको  कारको डिकीमा लुकाएको अवस्थामा ८० किलो  लागुऔषधसहित गाँजा सहित  कार नियन्त्रणमा लिएको मकवानपुर प्रहरी प्रवक्ता डिएसपी इन्द्र बहादुर रानाले बताएका छन्।कार जिल्ला प्रहरी कार्यालयमा रहेको र फरार व्यक्तिको खोजि कार्य भइरहेको डिएसपी रानाले बताएका छन्।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*