म्यानचेस्टर युनाईटेड र इस्तानबुल बासाकसेर भिड्दै

टुडे संवादाता
९ मंसिर २०७७, मंगलवार १७:३३

काठमाडौं /यूईएफए च्याम्पियन्स लिग फुटबलमा इंग्लिस क्लब म्यानचेस्टर युनाईटेडले टर्किस क्लब इस्तानबुल बासाकसेरसँग भिड्दै छ ।म्यानचेस्टर युनाईटेड र इस्तानबुल बासाकसेरबीचको खेल नेपाली समय अनुसार राति १:४५ बजे शुरु हुनेछ ।

युनाईटेडले टर्किस क्लबसँग घरेलु मैदानमा खेल्नेछ । घरेलु मैदानमा युनाईटेड जित निकाल्दै शीर्ष स्थानको अग्रता कायम राख्न चाहन्छ ।युनाईटेड ३ खेलमा ६ अंक जोडेर शीर्ष स्थानमा रहेको छ । इस्तानबुल ३ अंक जोडेर पुछारमा रहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*