रौतहट/रौतहटमा मृत अवस्थामा एकजना पुरुषको शव फेला परेको छ । मृत पुरुष माधवनारायण नगरपालिका वडा नम्बर ४ स्थित बिसुनपुर्वा मानपुरमा ४५ वर्षीय पुरुष रहेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार गाँउघरमा देखाइने नाच प्रोगाममा काम गर्ने माधवनारायण ५ मिठुअवाका ४५ वर्षीय दशै रामको शव फेला परेको बताईएको छ ।
शवको प्रकृति हेर्दा मुखबाट रगत बगेकोले कुटपिट वा अन्य कारणले मृत्यु भएको हुन सक्ने सम्भावना रहेको प्रहरीको अनुमान छ ।घटनास्थललाई घेरा हालेर प्रहरीले अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी उपरीक्षक (एसपी) सिद्धीविक्रम शाहले बताए ।
मृतक रामको शव पोष्टमार्टमको लागि जिल्ला अस्पताल गौर ल्याउने तथा घटनाका बारेमा थप अनुसन्धान सुरु गरेको एसपी शाहले बताए ।
सेयर गर्नुहोस्