हेटौँडामा ‘योगदान राष्ट्रका लागि’ फाउण्डेशन गठन

हेटौंडा टुडे
२७ मंसिर २०७७, शनिबार १९:०६

मकवानपुर /बागमती प्रदेशको राजधानी हेटौँडामा समाज सेवा गर्ने उद्देश्यका साथ पहिलो पटक‘योगदान राष्ट्रका लागि’ फाउण्डेशन मकवानपुर गठन गरिएको छ । आज शनिबार आर्शिवाद होटेलमा एक कार्यक्रमको आयोजना गरि समाजसेवि पुरुषोत्तम प्रसाद उपे्रति(अभिषेक)को अध्यक्षतामा २१ सदस्यीय जिल्ला कार्य समिति चयन गरेको हो ।
समितिको उपाध्यक्षमा रुपक कालिराज,सचिव उद्धव ढकाल, सह—सचिवमा ओमकुमारी बाहोरा, कोषाध्यक्ष सरस्वती लामा चयन भएका छन् । समितिको सदस्यहरु बिर रन्त दोङ,अमृत प्रसाद ढकाल, सरोज दुलाल, राजन तिमल्सिना, शुभम् प्रसाई,अमि उप्रेति,अनामिका उप्रेति, राजन बर्तौला, अनुप उत्प्ररेरित लगायत रहेका छन् ।
सो भेलाले शिक्षक नारायण कँडेल, युवा व्यासायी दिपक शिवाकोटी र समाजसेवि पदम सेडाईलाई सल्लाहकार चयन गरेको छ । आज गठन गरिएको ‘योगदान राष्ट्रका लागि’ फाउण्डेशनले मकवानपुरमा प्राथमिक उपचार, सरसफाई, जनचेतना मुलक तालिम र सेवा प्रदायक कार्यक्रम सञ्चालन गरी मकवानपुरवासीको स्वास्थ्य सेवामा योगदान गर्नेछ ।
स्वास्थ्य सम्बन्धि सामान्य ज्ञान नभएकोले नेपालमा धेरैले अकालमा ज्यान गुमाउनुपरेको परिस्थितिलाई मध्यनजर गर्दै स्वास्थ्य सम्बन्धि सचेतनाको माध्यमबाट समाज र राष्ट्रलाई योगदान दिने मुल उद्धेश्यले यस फाउण्डेशन गठन गरिएको फाउण्डेशनका संस्थापक अध्यक्ष ओम उप्रेतिले बताउनु भयो ।
अध्यक्ष चयन भएपश्चात हामीसँग कुराकानी गर्दै पुरुषोत्तम प्रसाद उपे्रति(अभिषेक) ले विशुद्धरुपमा सेवा भावले समर्पित यस फाउण्डेसनले कुनै पनि नाफामुखी लक्ष्य नलिई दैवी प्रकोकमा सहजीकरण गर्न स्वयम सेवकको भूमिका निर्वाह गर्नमा महत्वपुर्ण भुमिका खेल्ने बताउनु भयो । यस समिति मकवनापुर जिल्लाका सबै स्थानिय तहमा गठन गर्ने समेत बताउनु भयो ।
अब यसले जिल्लामा आगलागी, बाढी–पहिरो, आकस्मिक दुर्घटनाबाट बच्ने उपाय सम्बन्धी तालिम दिने र बिरामीहरुका लागि गुणस्तरीय सेवा सुविधा सम्पन्न एम्बुलेन्स सेवा सञ्चालन, भवितव्य आपतकालीन समस्याहरुसँग जुध्नसक्ने प्रशिक्षक पनि तयार गरी जिल्लाका सबै स्थानीय तहका वडा–वडासम्म पठाउने उप्रेतिले बताउनु भयो । नव निर्वाचित पदाधिकारीहरुलाई सहभागिहरुले सफल कार्याकालको शुभकामना साथै बधाई समेत दिएका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*