
हेटौंडा/हेटौंडा उपमहानगरपालिका वडा नम्बर ८ स्थित कर्रा पुल नजिक फेला परेको शव को पहिचान खुलेको छ । सो शव हेटौंडा उपमहानगरपालिका वडा नम्बर ८ बस्ने ८३ वर्षीय खडकबहादुर परियारको रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
परियारको शव मंगलवार (आज) दिउँसो कर्रा पूल नजिक फेर परेको थियो ।
शव पोष्टमार्टमको लागि हेटौंडा अस्पतालमा ल्याउँदै गरेको र उक्त घटनाको विषयमा आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक अमर गजमेरले जानकारी दिए ।
यो पनि पढ्नुहोस ।


सेयर गर्नुहोस्