पत्रकार काशी सम्मानित

हेटौंडा टुडे
२ आश्विन २०७८, शनिबार २१:२६

हेटौंडा । मकवानपुरको मनहरी क्षेत्रमा रही क्रियाशील सञ्चारकर्मी शिवकुमार काशी सम्मानित भएका छन् ।

नेपाल बिजुली, पेन्टर, प्लम्बर तथा निर्माण मजदुर युनियन (क्युपेक नेपाल) मनहरी गाउँपालिका कमिटीको चौथो अधिबेसनका अवसरमा उनलाई सम्मान गरिएको हो ।

क्युपेक मनहरी गाउँपालिका कमिटीको स्थापना कालदेखि नै मजदुरको क्षेत्रमा क्रियाशील रही पत्रकारिताको माध्यमबाट योगदान पुर्‍याएको भन्दै सम्मान पत्र प्रदान गरिएको जनाइएको छ ।

क्युपेकका केन्द्रीय सल्लाहकार राजु आचार्य,मनहरी गाउँपालिका कमिटी अध्यक्ष गोविन्द गलान, जिल्ला प्रतिनिधि परिषद प्रमुख देवीप्रसाद दाहाल, जिल्ला अध्यक्ष प्रताप राईसहितले पत्रकार काशीलाई सम्मान पत्र प्रदान गरेका हुन् ।

पत्रकार काशीसहित क्युपेक नेपाल मनहरी गाउँ कमिटीका संस्थापक अध्यक्ष रामचन्द्र गिरी, पूर्व अध्यक्ष टिकाराम गिरी, संस्थापक सचिव माधवकुमार बानियाँ, मजदुर नेताहरु देवीप्रसाद दाहाल, पुरुषोत्तम श्रेष्ठ,नानीबाबु घर्ती,दुर्गाबहादुर रामदाम,विश्वास महतो, सीताराम महतो र अनिल चौधरीलाई पनि सम्मान गरिएको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*